राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ असार, २०८०
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेस मेकर राखिएको छ। राष्ट्रपति पौडेलको मुटुको चाल कम हुन थालेपछि मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा स्थायी पेस मेकर राखिएको हो।
रामचन्द्र पौडेल केहि दिन देखि शरीर अस्वस्थ भएको कारण मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचारार्थ छन्।
अस्पताल बाट जारि विज्ञप्ति अनुसार ७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेला बखतमा कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम पेस मेकर राख्नु पर्ने देखिएकोले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।