राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ४ पुष, २०८०
काठमाडौं,। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि छजना न्यायाधीश नियुक्त गर्नुभएको छ ।
न्यायपरिषदले सिफारिस गरेका , महेश शर्मा पौडेल, सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।
उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो ।