राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १४ कार्तिक, २०८०
काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्ने भएका छन् ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको बताइएको छ । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ।