बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

परराष्ट्रमन्त्री थाइल्यान्ड जाँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३१ असार, २०८०

परराष्ट्रमन्त्री थाइल्यान्ड जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठकमा सहभागि हुन आज आइतबार दिउँसो साढे १ बजे थाइल्यान्ड जाने भएका छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिम्स्टेक_को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन मन्त्री साउद थाइल्यान्ड जान लागेको उनको सचिवालयले जनाएको छ । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा विदेशमन्त्रीहरूको रिट्रिट बैठक जुलाई १७ मा बैंककमा हुँदैछ ।

साउद मंगलबार दिउँसो स्वदेश फर्कने उनको सचिवालयद्वारा जारी कार्यतालिकामा उल्लेख गरिएको छ । बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg