बुधबार, १६ बैशाख, २०८३

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ चैत्र, २०८२

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा

२०८२ चैैैत्र ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नकिएपछि हेर्दाहेर्दैमा मंगलबारका लागि राखिएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै, आजका लागि पेसी तय भएको थियो ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेका थिए । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

advertisement_1676551537.gif