राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ८ चैत्र, २०८२
२०८२ चैैैत्र ८, काठमाडौं । संघीय संसद्को गतिविधि र प्रशासनिक सञ्चालनलाई मध्यनजर गर्दै सिंहदरबार क्षेत्रको सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बसेको छ ।
ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक समन्वयका विषयमा छलफल गरिएको हो ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद् अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिए ।
बैठकमा सहभागी सुरक्षा निकायका अधिकारीहरूले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको र थप आवश्यकताअनुसार तयारीलाई सुदृढ गर्दै जाने जानकारी दिएका छन् ।