शुक्रबार, १८ बैशाख, २०८३

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २१ माघ, २०८२

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय

२०८२ माघ २०, काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक ल्याएका थिए । १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादका कारण धेरै अगाडि बढ्न सकेको थिएन ।

त्यस्तै, सोही मन्त्रिपरिषद बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरूयोजना निर्माण गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

advertisement_1676551537.gif