आईतवार, २० बैशाख, २०८३

सांसद सुदन गुरुङको घोषणा: तलब नलिने, आफ्नै गाडी प्रयोग गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३ चैत्र, २०८२

सांसद सुदन गुरुङको घोषणा: तलब नलिने, आफ्नै गाडी प्रयोग गर्ने

२०८२ चैैैत्र ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङले आफूले सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने घोषणा गरेका छन् ।

पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा उनले व्यक्तिगत रूपमा आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट उपलब्ध हुने सुविधा नलिने घोषणा गरेका हुुुन् । आफ्नो धारणा व्यक्त गर्दै गुरुङले सार्वजनिक पदलाई सेवा भावका रूपमा लिनुपर्ने बताए ।

उनले यातायातका लागि पनि निजी साधन नै प्रयोग गर्ने बताएका छन् । राजनीतिमा प्रवेश गरेका नयाँ अनुहारहरूले सेवा र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिन उनले यस्तो घोषणा गरेको बताइएको छ ।

उनका समर्थकहरूले यसलाई सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिएका छन् भने केहीले यसलाई व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्नेमा चासो व्यक्त गरेका छन् ।

advertisement_1680627680.gif