आईतवार, २० बैशाख, २०८३

स्थानीय तहको अधिकारमा हस्तक्षेप भएको भन्दै धादिङका पालिकाको आपत्ति

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२

स्थानीय तहको अधिकारमा हस्तक्षेप भएको भन्दै धादिङका पालिकाको आपत्ति

२०८२ चैैैत्र ५, काठमाडौं । धादिङका १३ वटा स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत दिएको ‘निर्देशन’प्रति असन्तुष्टि जनाएका छन् ।

धादिङ–१ बाट निर्वाचित सांसद तामाङले मलेखुदेखि ताल्तीसम्मका सवारीसाधनबाट ढुवानी शुल्क नलिन निर्देशन दिएको उल्लेख गर्दै स्थानीय तहहरूले त्यसप्रति आपत्ति जनाएका हुन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको जनप्रतिनिधिहरूको बैठकले उक्त निर्देशनले स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ ।

विज्ञप्तिमा संविधान २०७२ ले सुनिश्चित गरेको स्थानीय तहको अधिकार कार्यान्वयनमा अवरोध देखिएको उल्लेख गर्दै संघीय शासन प्रणालीअनुसार तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम हुनुपर्नेमा जोड दिइएको छ ।

advertisement_1680627680.gif