शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

संविधान संशोधन गर्नका लागि हतारो गर्न आवश्‍यक नरहेको जिकिर : केपी ओली

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ आश्विन, २०८०

संविधान संशोधन गर्नका लागि हतारो गर्न आवश्‍यक नरहेको जिकिर : केपी ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले, हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नआएको बताएका छन् । 

मङ्गलवार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेका उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्ने आवश्‍यक नरहेको बताएका हुन।  

हतारमा भन्दा केही समय लिएर एकै पटक संशोधन गर्नु राम्रो हुने भन्दै उनले गम्भीर रूपमा छलफल गरेर मात्रै संविधान संशोधन उपयुक्‍त हुने बताएका हुन। 

उनले भने, ‘एउटा हिसाबले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिले पनि गम्भीरता भन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरूबाट प्रेसर गर्ने खालका प्रवृत्तिहरू देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरू देखिएको हुनाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न चाहिँ बिर्सन हुँदैन । त्यस कारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन ।’  दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ । तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरू नरहेको ओलीको भनाई छ ।  

‘तत्कालीन आवश्यकतालाई हेरेर हामीले दुईचोटी एउटा एउटा विषयमा मात्रै संविधान संशोधन गर्‍यौँ । अब संविधान संशोधन गर्दा हामीले अलि मेहनत गरेर तत्काल चाहिएको एउटा विषय मात्र होइन केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ  ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg