शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

संविधान दिवसकको अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ आश्विन, २०८०

संविधान दिवसकको अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उक्त कैदीहरुको भुक्तान गर्न बाँकी कैद राष्ट्रपतिले मिनाहा गरेका हुन् । उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार आजबाट  लागू हुनेगरी उनीहरुलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg