राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १ चैत्र, २०८२
२०८२ चैैैत्र १, काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ को निर्वाचन विवादसम्बन्धी रिटमा रास्वपाका उम्मेदवार किशोरी साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरे पनि सर्वोच्च अदालतमा विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उनको रिटमा अन्तरिम आदेश अस्वीकार गरेको हो ।
साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । निर्वाचन लड्न नपाएपछि उनी अदालत पुगेका थिए । उता आयोगले भने नेकपाका मातृका यादवलाई विजयी घोषणा गरेको थियो ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले दिएको आदेशसँगै हालका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ ।