शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

सर्वोच्चद्वारा 'गुन्डा नाइके'लाई माफी दिनुको लिखित कारण माग।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ आश्विन, २०८०

सर्वोच्चद्वारा  'गुन्डा नाइके'लाई माफी दिनुको लिखित कारण माग।

काठमाडौँ। नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुको कारण  लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा लिखित कारण माग गर्दै  पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि आदेश जारी गरिएको छ । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिएका थिए । पूर्वपतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधानविपरीत भन्दै भारतीले  सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको हो । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले  २०७२ असार २८ अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३/३ वर्ष कैद सजाय सुनाएको थियो ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg