राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ भाद्र, २०८०
काठमाडौं । आजका लागि बोलाइएको सर्वदलीय बैठक समय अभावका कारण भोली बुधबार ११ बजे बस्ने भएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्बाङले आज समय अभावका कारण बैठक भोली बस्ने गरी स्थगीत भएको जानकारी दिए ।
‘ आज प्रधानमन्त्री र सभामुख ज्यूबीच पनि टेलिफोन कुराकारी भयो । प्रधानन्यायधीशको शपथ लगायतका कार्यक्रमको कारणले आजको संसद बैठक र सर्वदलीय बैठक स्थगित गर्नु परेको बताए । ’ उनले भने ‘ समय लिएरै छलफल गरौं भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ । बैठक बुधबार बिहान करीब ११ बजे सिंहदरबारमा बस्छ ।’
उनले आजको कार्यदल बैठक समेत सकरात्मक रुपमा सकिएको बताए । उनले भने ‘आजको बैठक एक सकरात्मक छ । समय अभावका कारण मात्रै आज संसद बैठक स्थगित गरिएको हो ।’ समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनले बताए ।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।