शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

टीआरसीलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच समझदारी जुट्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ पुष, २०८०

टीआरसीलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच समझदारी जुट्यो।

काठमाडौँ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच काठमाडौंमा सङ्क्रमणकालीन न्याय विधेयक (टिआरसी) लाई आगामी संसद अधिवेशनमा अगाडि बढाउने सहमति भएको छ । बालुवाटारमा भएको भेटमा भएको सहमतिले लामो समयदेखि सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्ने सामूहिक सहमति भएको बताइएको छ  । पीडितलाई न्याय दिने गरी कानून बनाउने सरकारको प्रतिबद्धताले आगामी संसद् अधिवेशनमा टीआरसी विधेयक ल्याउने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले पीडितको हितमा कानुन बनाउन सरकार तयार भएकोले टीआरसी विधयेक आउन लागेको बताए  । पीडित केन्द्रित कानूनको आवश्यकतामा जोड दिँदै उनले टीआरसी प्रक्रिया टुङ्ग्याउनु देशको साझा दायित्व भएको बताए । टीआरसी विधेयकले पीडितहरूको कल्याणमा ध्यान केन्द्रित भए  एमाले त्यसलाई  समर्थन गर्न तयार छ, उनले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए। बैठकमा तीनै दलका दोस्रो तहका नेताहरूसमेत सहभागी थिए। प्रधानमन्त्री दाहालले आइतबार पनि टीआरसीका विषयमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए। 
 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg