राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ फाल्गुन, २०८०
काठमाडौँ। सरकारले सोमबार मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।
त्यस्तै उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिस समेत भएको छ। जस अनुसार मधेस प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।