राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १ असार, २०८०
काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ ।
नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै रायमाझीको प्रतिनिधि सभाको सदस्यको पदबाट निलम्बनमा परेका हुन ।
फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधि सभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ ।
निलम्बनको अवधिभर पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।