सोमबार, २५ जेष्ठ, २०८३

दुई संसदीय समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

दुई संसदीय समितिको बैठक बस्दै

२०८३ जेष्ठ २५, काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा नागढुङ्गा—सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

advertisement_1676998982.gif