राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ७ मंसिर, २०८०
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको समुहले आज काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । काठमाडौंको तीनकुनेमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तथा बल्खुमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको समुहले छुट्टाछुट्टै बिरोध प्रदर्शन गरेका छन् ।यस अघि दुबै समुहले काठमाडौंको माईतिघरमा बिरोध प्रदर्शन गर्ने बताएका थिए । तर सरकारले सुरक्षाको कारण देखाउदै माइतिघर क्षेत्र देखि बानेश्वर लगाएतका क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेपछि दुबै समुहलाई यी स्थानहरुमा प्रदर्शन गर्नको लागि स्थान तोकिदिएको हो ।
तीनकुने क्षेत्रमा एमालेका युवा संघका कार्यकर्ता तथा बिद्यार्थि संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिथि रहेको थियो । उनीहरुले तीनकुनेमा जुलुस गर्दे परिक्रमा गरेका थिए । त्यसपछि बिभिन्न नेता तथा युवा बिद्यार्थि नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले सरकारको आलेचना गर्नुका साथै गणतन्त्रको बिरोद गरेर अभियान चलाइरहेका दुर्गा प्रसाईंको पनि बिरोध गरेका थिए । युवा संघको कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो।
त्यस्तै बल्खु क्षेत्रमा मेडिकल ब्यवसायी दुर्गा प्रसाई समुहको प्रदर्शन भएको थियो । शुरुमा युवा संघका कार्यकर्ता संग केहिबेर झडप भएको थियो । दुर्गा प्रसाई लगाएतका ब्यक्तिहरुले बोल्दै गर्दासम्म शान्तिपुर्ण रहेको उक्त प्रदर्शन एकाएक तनाबमा परिणत भएको थियो । प्रदर्शनकारिहरुले एकाउक सुरक्ष घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरि अश्रुग्यास तथा पानिको फोहोरा प्रयोग गरि प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । बिरोध प्रदर्शनलाई सम्बोधनका क्रममा प्रसाईंले गणतन्त्र ,संघियता तथा धर्म निरपेक्षताको बिरोध गरेका थिए । राजनीतिक दलका शिर्ष नेताहरुको समेत आलोचना गर्दै आम जनतालाई आफ्नो अभियानलाई साथ दिन आवहान गरे ।