राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १३ चैत्र, २०८०
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछानेलाई भेट्न राजदूत गोदर गृह मन्त्रालय पुगेका थिए ।
गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा भौगोलिक सम्बन्धका विविध आयामबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रीको सचिवालयका अनुसार इजरायलमा रहेका नेपाली नागरिक, हमासले नियन्त्रणमा लिएका विपिन जोशीलगायतका विषयसँगै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।