आईतवार, २० बैशाख, २०८३

विज्ञान–प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न महावीर पुनको माग

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२

विज्ञान–प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न महावीर पुनको माग

२०८२ चैैैत्र ५, काठमाडौं । पूर्वशिक्षा मन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन् ।

बिहीबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय चाहिने बताएका हुन् ।

उनले अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्नेमा समेत जोड दिएका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुन विजयी भएका हुन् ।

यसअघि ‘जेनजी आन्दोलन’पछि शिक्षामन्त्री बनेका उनी उम्मेदवारीसँगै पदबाट राजीनामा दिएका थिए ।

advertisement_1676551537.gif