राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३ फाल्गुन, २०८०
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु,रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले गच्छदारलाई सफाइ दिएका हुन्। गच्छदारमाथि लगाइएको आरोप दाबी पुष्टि हुन नसक्ने अदालतले ठहर गरेको छ।