राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १३ फाल्गुन, २०८०
काठमाडौँ —निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने बताएको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।
इलाम- २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो।