आईतवार, २९ चैत्र, २०८२

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ चैत्र, २०८२

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

२०८२ चैत्र १८, मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा–१ भैसेमा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

चट्याङ लागेर ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको उपचारको लागी झुरझुरेस्थित सान्भि पोलोक्लिनिकमा लागिएको थियो । उनलाई थप उपचारको लागि हेटौडातर्फ पठाउदाँ २३ः२५ बजे डाक्टरले मृत घोषणा गरेको हो ।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुवै जनालाई माछा मारी घर फर्केने क्रममा हिडिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए ।

advertisement_1680627680.gif