राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १६ मंसिर, २०८२
२०८२ मंसिर १५, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुवा रामनारायण शाहको निधन भएको छ ।
अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएको हो ।
पिसाबमा संक्रमण भएर शरीरमा फैलिएसँगै उनी अस्पताल भर्ना भएका थिए। शाहलाई भेट्न आज बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्की सिभिल पुगेकी थिइन् ।