राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ माघ, २०८२
२०८२ माघ २२, काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका ९७ वर्षीय बुवा भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे निधन भएको हो ।
भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो ।
भोजप्रसादको आज बिहान निधन भएको र आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भट्टराईको सचिवालयले जनाएको छ ।
स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।