मंगलवार, १७ असार, २०८२

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १५ असार, २०८२

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

२०८२ असार १५, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । टेरामक्स खरिद प्रकरणको अर्बौं हिनामिनामा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चारमन्त्री बस्नेतलाई विशेष अदालत आइतबार २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

भ्रष्टाचार मुद्दा लागेका बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । बयानलगत्तै थुनछेक बहस भएको थियो ।बयान र थुनछेक बहस विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो ।

बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif