शुक्रबार, २६ भाद्र, २०८३

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ भाद्र, २०८३

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा

२०८३ भदौ १२ काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो । 

सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो ।

राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ । लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको हाे। 

बाढीपछि गृहमन्त्री सुधन गुरुङले पृथ्वी राजमार्गमा आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएका थिए। 

advertisement_1680627680.gif