शनिबार, ३० फाल्गुन, २०८२

धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

२०८२ माघ ४, काठमाडौँ । धरानमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

भेडेटारबाट धरान तर्फ आउँदै गरेको बस ब्रेक फेल भएर घरमा जोतिँदा घरमा बसेका स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन पुरुष र दुई महिलाको ज्यान गएको छ ।

मृतकको सनाखत भई नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबहादुर राईले बताए ।

हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन। मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन हुन बाकीँ रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

advertisement_1676551537.gif