राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
२०८२ मंसिर १७, काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। विराटनगरलाई पराजित गरेसँगै लुम्बिनी ‘प्लेअफ’ नजिक पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डी‘एर्सी शर्टले सर्वाधिक ५७ रन बनाए । डी‘एर्सीले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए ।
यो जितसँगै लुम्बिनीले ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ ।