बिहीबार, २० कार्तिक, २०८३

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता

२०८३ कार्तिक १८ काठमाडौँ । औपचारिक भ्रमणका क्रममा नेपाल आइपुग्नुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय आर्थिक सहकार्य, व्यापार तथा विकास साझेदारिका विविध आयोजनाहरूबारे विस्तृत छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्याय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

advertisement_1680627706.gif