बिहीबार, २० कार्तिक, २०८३

सरकारले प्रहरी आईजीपी बाट दानबहादुर कार्की लाई हटायो ,डा. मनोज केसी बने नयाँ प्रहरी प्रमुख

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

सरकारले प्रहरी आईजीपी बाट दानबहादुर कार्की लाई हटायो ,डा. मनोज केसी बने नयाँ प्रहरी प्रमुख

२०८३ कार्तिक १८ काठमाडौँ ।सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी केसीलाई प्रहरी नेतृत्व सुम्पने निर्णय गरेको हो।

पदमुक्त गरिएका कार्कीलाई भने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी दिइएको छ। गत कात्तिक २७ गते प्रहरी प्रमुखको कार्यभार सम्हालेका कार्कीलाई हटाउनुको स्पष्ट कारण सरकारले खुलाएको छैन। मन्त्रिपरिषद्को निर्णयपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यो निर्णयलाई कारबाही भन्न नमिल्ने बताए पनि ठोस कारण भने उल्लेख गरेनन्।

यसैबीच, आईजीपी फेरबदलको विषयलाई लिएर सरकार र सत्तारूढ दलबीच नै परस्पर विरोधी अभिव्यक्ति बाहिरिएका छन्। प्रवक्ता पोखरेलले बदलिँदो परिस्थिति र संवेदनशील विषयमा पार्टीबाटै निर्देशन आएकाले जिम्मेवारी फेरबदल गरिएको दाबी गरे तापनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले भने पार्टीले कुनै पनि व्यक्तिलाई हटाउन वा नियुक्ति गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।

पछिल्लो समय प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरेपछि तत्कालीन आईजीपी कार्कीको चौतर्फी आलोचना हुँदै आएको थियो। सोही घटनाको पृष्ठभूमिमा सरकारले प्रहरी नेतृत्वमा यो आकस्मिक हेरफेर गरेको हो।

advertisement_1676551694.gif