बुधबार, १० भाद्र, २०८३

बालेनलाई मोदीको फोन: नेपाललाई सम्भव सबै सहायता दिन तयार छौँ

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

बालेनलाई मोदीको फोन: नेपाललाई सम्भव सबै सहायता दिन तयार छौँ

२०८३ भदौ १० काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गरेका छन् । रसुवा बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भारतीय समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग समवेदना प्रकट गरेका हुन् ।

टेलिफोन संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अहिलेको यो कठिन घडीमा भारतका जनता नेपाली नागरिकहरूको साथमा रहेको बताएका छन् । प्रधानमन्त्री शाहसँगको कुराकानीपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै मोदीले नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग भारत ऐक्यबद्धताका साथ उभिएको उल्लेख गरेका छन् ।

संकटको यस समयमा नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ ।

साथै, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिन भारतीय अधिकारीहरूले नेपालका सरकारी अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको पनि भारतीय प्रधानमन्त्री मोदीले जानकारी गराएका छन् ।

advertisement_1680627680.gif