राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
६ जेठ २०८२, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक राष्ट्र बैंककाै गभर्नर नियुक्तिमा केन्द्रित रहने बताइएको छ ।
मन्त्रिपरिषद् बैठकअघि गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा। विश्वनाथ पौडेलसहित डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको हो । पहिलो नम्बरमा पौडेलको नाम रहेको छ ।
सरकारले पौडेललाई नै गभर्नर बनाउने तयारी गरेको बताइएको छ ।