राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
६ जेठ २०८२, काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले अर्थविद् डा. विश्वनाथ पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो । पहिलो नम्बरमा पौडेलको नाम रहेको छ।
सदस्यद्वय पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको समिति बैठक अर्थ मन्त्रालयमा बसेको थियो।