राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २१ जेष्ठ, २०८२
२० जेठ २०८२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा नरहन आग्रह गरेका छन् । सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले ‘प्रचण्ड’मा अहिले पनि भ्रम देखिएको बताएका हुन् ।
आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभइ देशमा गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्नका लागि लडिरहेको उनले बताए ।उनले आफूहरूको आन्दोलनविरुद्ध आउने जोकोहिलाई जनताले प्रतिकार गर्ने उल्लेख गरे। त्यस्तै अध्यक्ष लिङ्देनले निषेधाज्ञा बिस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधान बिपरित रहेकाले यस्ता निर्णय फिर्ता लिन माग समेत गरे ।
राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ । अन्य क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका कारण राजावादीले मंगलबार सिफलचौरमा प्रदर्शन गरेका हुन् ।