राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १८ असार, २०८२
१८ असार २०८२, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा छलफल गर्न थालेका छन् । सभामुख घिमिरेले आज संसदमा रहेका प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेपछि घिमिरेले मोडालिटी र टीओआरबारे छलफल गरेका हुन् ।
उक्त छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे तथा रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि प्रमुख दलका शीर्ष नेताहरूसँग समेत परामर्श गरेर अगाडि बढ्न सभामुख घिमिरेलाई उनीहरूले सुझाव दिएको बताइएको छ ।