शुक्रबार, १४ कार्तिक, २०८३

पत्रकार पक्राउप्रति प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण, तत्काल रिहा गर्न निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

पत्रकार पक्राउप्रति प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण, तत्काल रिहा गर्न निर्देशन

 

२०८३ कार्तिक १३ काठमाडौँ । समाचारको बहानामा प्रहरीद्वारा नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन्द्र शाहले सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय वा कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत नभएको स्पष्ट पारेकी छन् ।

दाहालले पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उल्लेख गरेकी छन्। घटना सार्वजनिक भएपछि मात्रै प्रधानमन्त्रीले त्यसबारे जानकारी पाएको उनको भनाइ छ ।

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल छाड्न र सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर धरपकड नगर्न/नगराउन स्पष्ट निर्देशन दिएको दाहालले उल्लेख गरेकी छन् ।

उनले घटनाबारे जानकारी पाएपछि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएको पनि जनाएकी छन् । ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ,’ उनको भनाइ छ।

advertisement_1676551694.gif