राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ भदौ १० काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोसी बाढीबाट भएको क्षति, उद्धार तथा राहतबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा भोटेकोसी बाढीबाट भएको जनधनको क्षति, बेपत्ता नागरिकको खोजी तथा उद्धार, राहत वितरण र प्रभावितको पुनःस्थापनाका विषयमा छलफल हुने उनले जानकारी दिए ।
बैठकमा सहभागी दल तथा नेताहरूबीच विपद् व्यवस्थापनमा राजनीतिक दलको भूमिका र सरकारको उद्धार तथा राहत प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ ।