राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ साउन १८, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति माग्दै अदालतमा उपस्थित गराएको थियो । तर जिल्ला अदालत भक्तपुरले म्याद थपको अनुमति नदिँदै उनलाई थुनामा नराख्न आदेश दिएको हो ।
प्रसाईंलाई आइतबार राति प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विभिन्न कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीको तयारी थियो ।
अदालतको आदेशपछि प्रसाईं रिहा हुने प्रक्रिया अघि बढ्ने जनाइएको छ ।