राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ११ कार्तिक, २०८१
काठमाडौं, कार्तिक ११ । नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आईतबार दशरथ रंगशालामा भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो ।
तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए।
नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन । त्यसपछि १ घण्टा खेल रोकिएको थियो।
खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।