मंगलवार, १७ असार, २०८२

एनपीएल: सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २३ मंसिर, २०८१

एनपीएल: सुदूरपश्चिम चितवनसँग ३३ रनले पराजित

काठमाडौ, मंसिर २३ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो पटक पराजित भएको छ । आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको हो ।  

सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान दिए ।

बलिङमा चितवनका रिजन ढकाल, निकोल लोफ्टी इटन, कप्तान कुशल मल्ल र अमरसिंह रौटेलाले २/२ विकेट लिए । शोहिल तनविर र रञ्जितकुमारले एकएक विकेट लिए । त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोड्दा रवि बोपाराले आक्रामक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र विपीन रावलले १७ रनको योगदान दिए । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एक(एक विकेट लिएका थिए ।

एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो । यसअघि भएका ३ वटै खेलमा सुदूरपश्चिमले जीत निकालेको थियो । सुदूरपश्चिमले लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज र विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

चितवनको यो तेस्रो जीत हो । कर्णाली याक्ससँग पराजित भएको चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif