बिहीबार, १३ चैत्र, २०८१

नेपाल नामीबियासँग २० रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ फाल्गुन, २०८०

नेपाल नामीबियासँग २० रनले पराजित

काठमाडौं। त्रिकोणात्मक टी-२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।  टीयू क्रिकेट मैदान २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।लोफ्टी इटनले १०१ रन बनाए। त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।

मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान कुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक÷एक विकेट लिए।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif