राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ५ पुष, २०८१
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट खेल सुरु हुनेछ। सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइलन यात्रा तय गरेको हो भने जनकपुरले कर्णाली याक्सलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेकोे हो ।
शनिबारको फाइनल खेलमा सुदूरपश्चिमको कप्तानमा दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानमा आसिफ शेख रहने छन् । नियमित कप्तान अनिलकुमार शाह घाइते भएकोले पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरेका थिए । यसअघिका भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । दुवै टोलीका कप्तानले आफुहरु फाइनलका लागि तयार रहेको बताएका छन् ।दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले एनपीएलमा शानदार प्रदर्शन गरिरहेको छ । सुदूरपश्चिमले ८ खेलमा एक खेलमा मात्र हार व्यहोरेको छ ।चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको थियो । तथापि सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सुदूरपश्चिमको फिल्डिङ पनि राम्रो देखिएको छ।
त्येस्तै ब्याटिङतर्फ जनकपुरले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । विदेशी खेलाडी जिमी निशम र लाहिरु मिलान्थाले जनकपुरको ब्याटिङ सम्हालिरहेका छन् । जिमी सर्वाधिक रन बनाउनेको तेस्रो र लाहिरु सातौं स्थानमा छन् । कप्तान आसिफ भने ब्याटिङमा खासै जम्न सकेका छैनन् ।