राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ४ कार्तिक, २०८१
काठमाडौँ, कार्तिक ४ । नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिजको उपाधि दोस्रो खेलको सुपर ओभरमा नाटकीय जित हात पार्दै एक खेल बाँकी रहँदै जितेको छ । सुपर ओभरमा दिएको ३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले दुई बलमा कप्तान रोहित पौडेलले २ र कुशल भुर्तेलले १ रनको योगदान दिएर अविजित रह्यो ।
नेपालका लागि सुपर ओभरका नायक सोमपाल कामी थिए, जसको उत्कृष्ट बलिङले अमेरिकालाई २ रनमै सीमित बनाएको थियो । कामीले तेस्रो र चौथो बलमा शायन जहाँगीरलाई १ र आरोन जोन्सलाई शून्यमा आउट गर्दै ब्याक टू ब्याक विकेट लिए। एन्ड्रेस गौस १ रन बनाएर अविजित रहे। यसअघि अमेरिकाले नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७० रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
अमेरिकाका लागि गौसले सर्वाधिक ६२ रन बनाए भने नेपालका करण केसीले ३ विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । ब्याटिङका लागि कुशल भुर्तेलले धमाकेदार इनिङ खेल्दै ५४ बलमा ९२ रन बनाए ।
रोहित पौडेल र भुर्तेलले पछि सुपर ओभरमा नेपाललाई जित दिलाए र एक खेल बाँकी राख्दै शृंखला आफ्नो नाममा पारे।