राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ जेष्ठ, २०८२
२१ जेठ २०८२, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर १ बलमा २२५ रनमा समेटियो ।
नेदरल्यान्ड्सका लागि नूह क्रोसले सर्वाधिक ४८ रन बनाए । उनले रोएलफ भ्यान डेर मेर्वेसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गरे । मेर्वे २० रनमा आउट भए । कप्तान स्कट एडवड्र्सले ४६, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७ र तेजा निदामानरुले १३ रनको योगदान दिए ।
बलिङमा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुई-दुई विकेट लिए । नेपालले अहिले जबाफी ब्याटिङ गरिरहेको छ ।