बिहीबार, १४ मंसिर, २०८०

राष्ट्रिय कप्तानले दिए दिपावलीको शुभकामना

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ कार्तिक, २०८०

राष्ट्रिय कप्तानले दिए दिपावलीको शुभकामना

नवलपरासी। स्थानिय क्रिकेट फ्यानहरुले नेपाली क्रिकेटटिम का क्याप्टेनलाई एक कार्यक्रमको आयोजना सम्मान गरेका छन। कार्यक्रममा आज मंगलबार गृह जिल्‍लामा क्‍याप्‍टेन रोहित कुमार पौडेल गृह जिल्‍ला नवलपरासीको बर्द्घघाट १४ बुद्धबस्तीमा सम्‍मान गरिएको हो।

क्‍याप्‍टेलन पौडेल आयोजित क्रिकेट प्रतियोगितामा खेलप्रेमी तथा दर्शकहरूको बीचमा स्थानीय क्रिकेट खेलाडी खेलमा रमेका थिए। तिहार विशेषमा शुभकामना आदान प्रदान गर्दै फ्यानहरुले गोपिंगंज जिम हाउस र बुद्वबस्ती क्रिकेट कलब बिच मैत्रीपुर्ण खेल आयोजित खेलमा पौडेलको सहभागिताले खेललाई थप रोमान्चित भएको आयोतकले जनाएको छ ।

अस्मरणिय पलमा आफुपनि सहभागी हुन पाउँदा अत्यन्तै गर्ववान्वित महसुस भएको कुरा रोहित कुमार पौडेलका फ्यान तथा स्थानीय क्रिकेट खेलाडी दिपक अधिकारीले बताउनुभयो । क्याप्टेन लाई दर्सक बनाएर क्रिकेट खेल्दा खेल अवधिभर टियु मैदानमा खेलेको अनुभव भएको अधिकारी ले बताए ।

उक्तखेलमा बुद्वबस्ती क्रिकेट कल्बका कप्तान राजु पौडेलको अविजित ५५ रनको मद्दतले १३७ रनको लक्ष्य पेस गरेको थियो उक्त लक्ष्यलाई पछ्याउँदै जिम हाउसका खेलाडी बिनोद क्षेत्री ८६ रनमा अविजित रहदा पनि टिमलाई विजयी बनाउन सकेनन । अत्यन्तै रोमान्चक खेलमा अन्तिम ओभरमा ६ रनको आवश्यकता रहेको खेलमा बुद्वबस्ती कलबका बलर अनिल भण्डारीले मेडन सहित १ विकेट लिई जिताएका थिए । पुरस्कार वितरण समारोहमा राष्ट्रिय टिमका कप्तानले शुभदिपावली शुभकामना दिदै आजको पल अत्यन्तै रमाइलो र म प्रति देखाएको सद्भाव र माया जिवन्त नभुल्ने बताउनु भयो ।

साथै सम्पूर्णलाई नेपाली क्रिकेट प्रति देखाउनु भएको क्रेज हाम्रो हौसला र राष्ट्रिय सम्पत्ति हो यो माया र सदभावको सम्मान व्यक्त गर्दै तिहार र छठको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै , चाडपर्व तडक बढक भन्दापनि आत्मियता , भाईचारा र समाजिक सदभावलाई ख्याल राख्दै मनाउन हार्दिकताका साथ अनुरोध गरेको कुरा खेल संयोजक सिमराम लटौला जोशीले बताउनु भयो ।

advertisement_1676551646.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg