मंगलवार, १७ असार, २०८२

सन्दीपलाई अमेरिकाले फेरि भिसा दिएन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १७ जेष्ठ, २०८१

सन्दीपलाई अमेरिकाले फेरि भिसा दिएन

काठमाडौं, जेठ १७ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि पनि  अस्वीकार गरेको छ । आज दिउँसो अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपलाई भिसा दिन पुन: दूतावासले अस्वीकार गरेको हो ।

यसअघि गएको जेठ ९ गते पनि सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन र खेल्ने वातावरण बनाउन भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकप खेलाउन पठाउने निर्णय गर्दै भिसा प्रक्रिया अघि बढाएको थियो। अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पुन: सरकारले कूटनीतिक नोट पठाएपछि बिहीबार पुन: अन्तर्वार्ताका लागि बोलाइएको थियो।

यससँगै उनको विश्वकप खेल्ने सपना समाप्त भएको छ । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif