बिहीबार, ७ जेष्ठ, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ जेष्ठ, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट  पक्राउ

२०८३ जेष्ठ ०४, काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल' का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। पर्साको वीरगञ्ज पुगेका प्रसाईंलाई प्रहरीले सोमबार साँझ स्थानीय दियालो होटलबाट नियन्त्रणमा लिएको हो।

मंगलबार वीरगञ्जमा आयोजना हुने तय भएको आफ्नो अभियानको मुख्य कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईं पक्राउ परेका हुन्।पर्सा जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रसाईंको अभियानलाई कार्यक्रम गर्ने अनुमति दिएको थिएन।

प्रशासनको निषेध र अनुमति अभावका बाबजुद पनि प्रसाईं समूहले मंगलबार वीरगञ्जमा 'विशाल नागरिक सभा' गर्ने भन्दै तयारी तीव्र पारेपछि प्रहरीले उनलाई कार्यक्रम अगावै होटलबाटै नियन्त्रणमा लिएको स्थानीय स्रोतले जनाएको छ। 

advertisement_1680627706.gif