आईतवार, ४ आश्विन, २०८३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

राजनीतिक विश्लेषक भरत दाहाल  पक्राउ

२०८३ असोज ०४ काठमाडौँ Iराजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट प्रहरी नियन्त्रणमा परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विभिन्न सार्वजनिक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालयको समन्वयमा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हवाई जहाजमार्फत काठमाडौंस्थित साइबर ब्युरोमा पठाउने तयारी भइरहेको छ।

advertisement_1680627706.gif